Headlines News :
Home » » अब जानु पर्दैन साउदी, कतार र दुबई, नेपालमै बढ्यो मजदुरको ज्याला

अब जानु पर्दैन साउदी, कतार र दुबई, नेपालमै बढ्यो मजदुरको ज्याला

Written By Unknown on Wednesday, February 24, 2016 | 10:18 PM


फागुन १३, काठमाडौँ । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्ट्रिसिएन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ ।

केन्द्रीय तथ्यांक विभागले हरेक जर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्ट्रिसिएनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको छ ।

अघिल्लो वर्ष पनि दुवैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो । पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०.८६ प्रतिशतले वृद्धि भएको छ ।

विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत विभिन्न ८ क्षेत्रको ज्याला ÷तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्दछ । निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई इन्जिनियर, सबइन्जिनियर, सुपरभाइजर, मेसन, कार्पेन्टर, लेबर, इलेक्ट्रिसिएन र पेन्टरमा विभाजन गरेको छ ।

यो क्षेत्रमा सबैभन्दा कम ज्याला इन्जिनियरको बढेको छ । त्यसपछि कम ज्याला वृद्धि हुनेमा मेसन पर्छन् । -कारोबार दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger