Headlines News :
Home » » पसलमा चोरी भएको बिरोधमा दाङका सम्पूर्ण सुनचाँदी पसल बन्द

पसलमा चोरी भएको बिरोधमा दाङका सम्पूर्ण सुनचाँदी पसल बन्द

Written By Unknown on Wednesday, February 24, 2016 | 4:28 AM


दाङ फागुन १२ । आज बुधबार दाङका सम्पूर्ण सुनचाँदी पसल बन्द भएका छन् ।

घोराही ११ सहिद उमेशमार्गमा रहेको न्यू चितवन सुनचाँदी पसलमा चोरी भएको करिव तीन हप्ता पुग्दा पनि उक्त घटनामा संलग्न व्यक्तिहरुको प्रहरी, प्रशासनबाट पहिचान हुन नसकेको बिरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको हो ।

सुनचाँदी व्यावसायी संघ दाङका अध्यक्ष ध्रुवकुमार गहतराज, महासचिव सोम सुनारले एक विज्ञप्ति जारी गर्दै आज बुधबार घोराही, तुलसीपुर, नारायणपुर, लमही, भालुवाङ सबै क्षेत्रका पसल बन्द गरेको जानकारी दिनुभयो । संघका अध्यक्ष गहतराज र महासचिव सुनारद्वारा हस्ताक्षरित बिज्ञप्तिमा पसलबाट सुनचादीका विभिन्न गरगहना, चाँदीका सिक्का, नगद २० हजार गरी १५ लाख बराबरका विभिन्न सामान चोरी गरी लगेको उल्लेख गरिएको छ ।

घटनाका दोषीको पहिचान नभए सम्पूर्ण व्यावसायीहरुले आफ्नो व्यवसायिक सुरक्षा निम्ति चरणबद्ध आन्दोलनमा उत्रने पनि बिज्ञप्तिमार्फत् जानकारी गरिएको छ । dangkhabarबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger