Headlines News :
Home » » दाङ महोत्सवको ६० प्रतिशत तयारी पुरा

दाङ महोत्सवको ६० प्रतिशत तयारी पुरा

Written By Unknown on Wednesday, February 24, 2016 | 4:25 AM


दाङ, फागुन १२ । दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखि ३० गतेसम्म घोराहीमा आयोजना गरेको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२’ को तयारी तीब्र पारिएको छ । महोत्सव सुरु हुन ८ दिन बाँकी रहदासम्म ६० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको आयोजक मूल समितिले बताएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको तयारी अन्तरगत ६० प्रतिशत भन्दा धेरै काम सम्पन्न भएको मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो । स्टल निर्माणको काम तीब्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

यस्तै प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, पर्यटन, साहित्य, व्यवसाय विज्ञ परिचालन, सुरक्षा तथा पर्कीङ, टिकट, सरसफाई, खानेपानी तथा प्राथमिक उपचार, शोभायात्रा, भौतिक निर्माण तथा मञ्च व्यवस्थापन एवं भोजन व्यवस्थापन, महिला उद्यमी, धार्मीक व्यवस्थापन, स्वयंसेवक परिचालनलगायतका विभिन्न उपसमितिहरुले आफ्नो काम तीब्र बनाएको उहाँले बताउनुभयो ।

यी उपसमितिहरुले ६० प्रतिशतभन्दा धेरै काम सम्पन्न गरिसकेको आफूलाई जानकारी गराएको संयोजक बञ्जाडेको भनाइ छ । यसका साथै पर्यटनका लागि हेलिकोप्टरबाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलको अवलोकन, रेस्लिङ महाभिडन्त, सवारीकोटबाट प्याग्लाइडिङ, सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरुको सम्झौताका लागि मुल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीको नेतृत्वमा एक प्रतिनिधि मण्डल काठमाडौँमा गएको मुल समितिका सहसंयोजक एवं उद्योग वाणीज्य संघका महासचिव दीपक सुवेदीले जानकारी दिनुभयो ।

महोत्सव सफल पार्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रतिबद्धता महोत्सव सफल बनाउनका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महोत्सव सफल पार्नका लागि गठीत संघसंस्था समन्वय समितिको आयोजनामा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुसँग भएको छलफलमा उहाँहरुले महोत्सव सफल बनाउनका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा कृषि कार्यालयका प्रमुख श्रीधर ज्ञवालीले महोत्सवमा कृषिलाई विशेष प्राथमीकता दिनका लागि आयोजकलाई अनुरोध गर्दै किसानहरुसँग आफूहरुले समन्वय गर्ने बताउनुभयो । उहाँले महोत्सवमा १० भन्दा बढी स्टलमा कृषिजन्य वस्तुहरुको पदर्शनी गरिने बताउनुभयो । जसमा जिल्लामा उत्पादित विभिन्न सामग्रीहरु प्रदर्शनीका लागि राखिने उहाँको भनाइ छ ।

महोत्सव स्थलम स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नका लागि ‘कृषि मेला पदर्शनी’ नाम दिएर कृषिजन्य वस्तुहरु प्रदर्शन गरिने उहाँले बताउनुभयो । विभिन्न ८ विधामा कृषि सामग्री पदर्शनी गरिने र जसमा उत्कृष्ट हुने सामग्रीको कृषकहरुलाई पुरस्कारको व्यवस्था पनि गरिने कृषि कार्यालयले बताएको छ ।

त्यस अवसरमा कृषि सम्वन्धी डकुमेन्ट्री पनि प्रदर्शन गरिने छ । यस्तै कृषि पदर्शनीमा माटो परिक्षण शिविर, बाली उपचार शिविर पनि हुने कृषि कार्यालयका प्रमुख ज्ञवालीले बताउनुभयो । यस्तै महोत्सवमा वनसँग सम्वन्धित विभिन्न सामग्रीहरु पनि प्रदर्शनीमा राखिने छ । जसमा मह, अल्लोबाट बनेका सामग्री, सिस्नोको पाउडर, जडिवुटीलगायतका सामग्री राखिने जिल्ला वन कार्यालयका प्रमुख नवराज काफ्लेले बताउनुभयो ।

महोत्सव स्थलमा वनसम्वन्धी स्टलको व्यवस्था गरेर वन र जडिबुटीसँग सम्बन्धित वस्तुहरु राखिने, वन्य सामग्रीबाट निर्माण गरिएका सामग्रीहरु पनि महोत्सवमा राखिने उहाँले बताउनुभयो । यस्तै महोत्सवमा स्थानीय उद्यमीहरुले निर्माण गरेका सामग्रीको स्टल, उर्जा सम्बन्धी स्टल, पशु सम्बन्धी स्टल राख्ने विषयमा पनि छलफल भएको थियो । समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षता एवं मूल समितिका संयोजक हेमराज बञ्जाडेको प्रमुख आतिथ्यतामा भएको छलफलमा महोत्सवलाई सफल बनाउने विषयमा छलफल भएको थियो । dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger