Headlines News :
Home » » राप्तीका केहि राजमार्ग अव सिसिटिभि क्यामराको निगरानीमा !

राप्तीका केहि राजमार्ग अव सिसिटिभि क्यामराको निगरानीमा !

Written By Unknown on Tuesday, February 16, 2016 | 4:26 AM


दाङ ३-फागुन /मोटरसाईकलमा तिन जना चढाएर कतै हिड्दै हुनुहुन्छ । यदी हिड्दै हुनुहुन्छ भने तपाईको फोटो सिसि क्यामराले खिचीरहेको छ । त्यो पनि वडा प्रहरी कार्यालयमा ड्यूटीमा वसेका प्रहरी जवानले हेरीरहेका छन् । अनि कारवाहीमा परीयला ।

लमही बजारमा हुने चोरी, तस्करी, ट्राफिक नियमको उल्लङ्घन, शान्ति शुरक्षामा खलल पु¥याउने गतीविधिलाई नियन्त्रण गर्न देउखुरी उद्योग वाणिज्य संघको पहलमा जडान गरिएको सिसिक्यामरा सोमवार वडा प्रहरी कार्यालय लमहीलाई हस्तान्तरण गरिएको हो ।

देउखुरी उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाका १२ लाख ४३ हजारको लगानीमा लमही बजार र पूर्व पश्चिम राजमार्गका १६ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

सिसिटिभि क्यामरा जडान भएपछी शान्ति सरक्षा प्रदान गर्न सहयोग पुग्ने विश्वास वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले ब्यक्त गरे । ‘गाडीले ठक्कर दिने तर, पहीचान हुन नसक्ने समस्या थियो तर, हाईवे हुदै गुड्ने सवारी साधनको निगरानी पनि क्यामराले गर्ने भएकाले पत्ता लगाउन सजिलो हुने भयो’उनले  भने–‘सिसिक्यामराले सुरक्षा प्रदानमा सहयोग पु-याउछ ।’

लमही बजारमा दिन दाहडै वैंक वाट निकालेको रकम समेत लुटीएका घटना थिए । त्यस घटनामा संलग्नको पहीचान गर्न सकिएन । देउखुरी उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको महोत्सव वाट संकलन गरेको रकरमले सिसिटिभि जडान गरेको हो ।‘बजार र ब्यापारीको सुरक्षाकालागी क्यामरा जडान गरिएको हो’वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरले भने–‘अव बजारमा हुने सवै गतीविधि सिसिटिभि क्यामरामा कैद हुन्छ ।’

लमही बजारका बिभिन्न चोकहरुमा गरि १६ वटा क्यामरा जडान गरिएको छ । पूर्वमा अर्जुनखोला, प्रहरी चेक प्वाइन्ट लमही, वस पार्क, लमही गल्ली, दुरसञ्चार कार्यालयको अगाडी, कृषि विकाश वैंक, वेस्टन विकाश वैंक, एनआइसि वैक, लक्ष्मी वैक, सब्जमण्डी, सुनखोली, लमही खानेपानी संस्थाको हाताभित्र लगायत १६ वटा स्थानमा क्यामरा जडान भएको सिसिटिभि जडान समितिका सदस्य एवम् वाणिज्य संघका सदस्य अजय न्यौपानले जानकारी दिए ।

वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी प्रमुख प्रेम बहादुर खड्कालाई क्यामराको निगरानीको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रममा राजमोका पदम प्रसाद गोराथोकी, पत्रकार राधेश्याम गुप्ता, ट्राफिक प्रहरी पोस्ट लमहीका इञ्चार्ज ज्ञानेन्द्र शर्मा, क्यामरा जडान कम्पनीका शिवराज अधिकारी र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्रतिनिधी चुमा आचार्यले मन्तब्य ब्यक्त गरेकी थिईन । -Tulsipuronlineबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger