Headlines News :
Home » » धरहरा पुनःनिर्माणका लागि उपराष्ट्रपतिले एक महिनाको तलव दिने

धरहरा पुनःनिर्माणका लागि उपराष्ट्रपतिले एक महिनाको तलव दिने

Written By Unknown on Wednesday, February 17, 2016 | 3:42 AM


फागुन ५, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १२ वैशाखको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आफ्नो एक महिनाको तलव दिने भएका छन् । 

उपराष्ट्रपति पासाङका स्वकीय सहसचिव तुलसी डा“गीले भत्किएको धरहरा पुनःनिर्माणका लागि उपराष्ट्रपतिले एक महिनाको तलव दिने बुधबार जानकारी दिए ।

‘उपराष्ट्रपतिज्यूले भत्किएको धरहरा पुनःनिर्माणका लागि आफ्नो एक महिनाको तलव दिनु हुने भएको छ’, स्वकीय सहसचिव डा“गीले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको नेपालको गौरव धरहरा भूकम्पले भत्कियो । 

भत्किएको धरहराको छिटो भन्दा छिटो पुनःनिर्माण हुनुपर्छ भन्नेमा उपराष्ट्रपति हुनुहुन्छ ।’ उपराष्ट्रपति पासाङले भूकम्पले भत्किएका अन्य विश्व सम्पदाको सूचीमा रहेका अन्य संरचनाहरुको पनि छिटो पुनःनिर्माण हुनुपर्ने धारणा राखेका छन् ।

 ‘धरहरामात्रै होइन भूकम्पले भत्किएका विश्व सम्पदाको सूचीमा रहेकासहित सबै संरचनाको पुनःनिर्माणको काम तुरुन्तै सुरु हुनुपर्छ भन्नेमा हुनुहुन्छ’, डा“गीले भने ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger