Headlines News :
Home » » प्युठानी कृषकलाई माछाले यसरि तान्यो

प्युठानी कृषकलाई माछाले यसरि तान्यो

Written By Unknown on Tuesday, February 16, 2016 | 4:20 AM


फागुन ४, प्यूठान । पछिल्लो समय जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढेको छ । 

कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायमा आकर्षित भएका हुन्। दश वर्षयता माछापालन गर्दैआएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन्। सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। 

कमन कार्प जातका ५०० भुराबाट माछापालन व्यवसाय थालेका जीसी सुरुको अवस्थामा ज्ञान नहँुदा मनग्य आम्दानी गर्न नसकिएको बताउँछन्। अहिले वार्षिक रु पाँच लाखसम्मको आम्दानी हुन थालेको उनको भनाइ छ। बाह्र रोपनी जग्गामा १० वटा पोखरी बनाई उनले माछापालन गर्दैआएका छन् । 

प्रतिकिलो रु ४०० मा माछा बिक्री गर्दै आएका जीसी जिल्लाका विभिन्न ठाउँबाट माछा किन्न घरमै ग्राहक आउँछन्। 
यस्तै प्यूठान नगरपालिका खैराका १० जना कृषकले रु ५५ लाखको लागतमा माछापालन सुरु गरेका छन्। उनीहरुले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्मको आम्दानी लिन थालेका छन् । 

“उत्पादन गर्न प्राविधिक समस्या हुने गरेको छ,” कृषक छन्दबहादुर बस्नेतले भने। जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ। वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरी अनुदान दिन थालिएपछि जिल्लाका करिब दुई सय कृषक माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा जोडिएका बताउँछन् । 

दुई सय वर्गमिटर क्षेत्रफलको आधारमा रु २० हजारका दरले मत्स्यपालन र पोखरी निर्माणका लागि अनुदान दिने गरिएको छ। जिल्लाको मरन्ठाना, खलङ्गा, ओखरकोट, बाँदीकोट, चुँजा, तुषारा, बिजुली, धर्मावती, बिजुवार र बर्जिवाङका किसानले व्यावसायिक रुपमा माछापालन गर्दैआएका छन् । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger