|
|
दाङ, ५-फागुन । दाङमा स्थापना भएर फागुन पाँच गते देखि सुविधा सम्पन्न यातायात सेवा दिने तयारी गरेको दाङ यातायात सेवा प्रालीले प्राविधिक कारणले सेवा केहि दिन ढिला बाट मात्रै दिने जनाएको छ ।
प्रालीका महासचिव मदनबहादुर बस्नेत (सुदन)ले बुधवार एक प्रेस विज्ञप्ती निकालेर फालगुन पाँच गते देखि प्रालीले सेवा दिने घोषणा गरेको भए पनि प्राविधिक कारण तयारी नपुगेकाले सेवा सुभारम्भ केहि दिन पछि सारिएको वताउनु भएको छ ।
बस्नेतद्धारा जारी विज्ञप्तीमा प्राविधिक कारणले सेवा पछि सरकोमा सम्पुर्ण उपभोक्ता यात्रु शुभचिन्तक जानकारी गराउछ छौ भनिएको छ । प्रालीका केहि गाडिहरु भित्रिसकेको भए पनि सबै बसहरु भित्राएर सेवा आरम्भ गर्ने तयारी भएको समेत उललेख गरिएको छ ।
यात्रुहरुलाई सुविधा सम्पन्न सेवा दिने हाम्रो लक्ष हो जारी विज्ञप्तीमा भनिएको छ जतिसक्यो छिटो सेवा को तयारी गर्दा केहि प्राविधिक समस्या आएको छ अव हामी सेवा नियमित गर्दे छौ ।
नियमित सेवा सञ्चालनको लागि आम यात्रु, उद्योगी व्यवसायी, राजनीतिक दल, पत्रकार, नागरिक समाज सबै संग सहयोगको अपेक्षा समेत गरेका छौ । विज्ञप्तीमा भनिएको छ । -तुलसीपुरअनलाइनबाट
Post a Comment