|
|
दाङ फागुन १२ । दाङ महोत्सवका लागि रिक्साको भाडा निर्धारण गरिएको छ ।
मुल आयोजक समिति र रिक्सा व्यवसायीहरुबीच बुधबार भएको छलफलले घोराही बजारदेखि महोत्सवस्थलसम्मका लागि निश्चित भाडा निर्धारण गरेको हो ।
घोराही बजारका कुनै पनि स्थानबाट महोत्सव स्थलसम्म पुग्नका लागि वा फर्कनका लागि प्रतिव्यक्ति ३० रुपैयाँ भाडा निर्धारण गरिएको व्यवसायिक वस्तुगत समितिका संयोजक चन्द्रराज पन्तले बताउनुभयो ।
समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षता एवं मूल समितिका संयोजक हेमराज बञ्जाडेको प्रमुख आतिथ्यतामा भएको छलफलका क्रममा व्यवसायिक संघसंस्थाहरुले महोत्सवका लागि सहयोग गर्ने बताएका छन् ।
महोत्सवकालागी स्वागत गेट निर्माण, व्यानर राख्ने, शोभायात्रामा व्यानरसहित सहभागी हुनेलगायतका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । dangkhabarबाट
Post a Comment