Headlines News :
Home » » जिल्लामा सञ्चालित सिमेन्ट उद्योग बन्द नभए दाङ मरुभूमि बन्ने पक्का

जिल्लामा सञ्चालित सिमेन्ट उद्योग बन्द नभए दाङ मरुभूमि बन्ने पक्का

Written By Unknown on Tuesday, February 16, 2016 | 4:02 AM


दाङ फागुन ३ । दाङमा खानेपानीका मुहानहरु सुक्न थालेपछि त्यसको बिकल्प खोज्न उपभोक्ताहरु तुलसीपुरमा जम्मा भएका छन् ।

जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा सोमबारदेखि तुलसीपुरमा सुरु भएको ‘जिल्लामा सञ्चालित खानेपानी आयोजना र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठीमा उनीहरु सहभागी भएका हुन् ।

गोष्ठीमा जिल्लाका खानेपानी उपभोक्ता तथा सरसफाई समितिका ५० बढी अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । गोष्ठीमा उपभोक्ताहरुले खानेपानी वितरणमा देखिएको समस्या, चुनौति र अबको विकल्पका विषयमा अनुभव आदानप्रदान तथा व्यापक छलफल गरिने आयोजकले बताएको छ । गोष्ठीको सामान्य प्रशासन मन्त्री रेखा शर्माले उद्घाटन गर्नु भएको छ ।

गोष्ठीका सहभागीहरुले दाङ बिस्तारै मरुभूमितर्फ उन्मुख भएको भन्दै यसलाई बचाउन सबै एक भएर लाग्नुपर्ने बताएका छन् । जिल्लामा सञ्चालित दुई ठूला सिमेन्ट उद्योग बन्द नभए दाङ छिट्टै मरुभूमि बन्ने खतरा रहेको उनीहरुले  बताएका छन् । 

विकास मात्र भन्दा पनि प्राणी जगतको सुरक्षा कसरी हुन्छ ? भन्नेतर्फ राज्यले ठोस कदम चाल्नुपर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा खानेपानी डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा नेकपा एमालेका विनोद शर्मा, एमाओवादीका शेषुराम भण्डारी, राप्रपाका टोपबहादुर शाह, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, लोकतान्त्रीक फोरमका बिन्तिराम यादव, नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य, नेकपा–माओवादीका बलबहादुर वली, घोराही खानेपानी संस्थाका अध्यक्ष देविबहादुर डिसी, बेलझुण्डी खानेपानी संस्थाका अध्यक्ष प्रदिप गौतम, ठाकुर रोका, तुलसीपुर खानेपानी संस्थाका सचिव दिपक धिताललगायतले बोल्नुभएको थियो । 

गोष्ठी तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको थियो । ओपेन्द्र बस्नेत, dangkhabarबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger