Headlines News :
Home » » हेलिकप्टरबाट पुष्प बर्षाउदै दाङ व्यापारिक तथा पर्यटन महोत्सव सुरु

हेलिकप्टरबाट पुष्प बर्षाउदै दाङ व्यापारिक तथा पर्यटन महोत्सव सुरु

Written By Unknown on Friday, March 4, 2016 | 5:22 AM


घोराही, २१- फागुन / दाङको घोराहीमा शुक्रबार देखी दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२ सुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराही नगरपालिका ५ नवलपुरमा एक भव्य औपचारीक कार्यक्रमको आयोजना गरि १० दिने महोत्सव सुरु भएको हो ।

महोत्वसको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटनको अबसरमा हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्पबृष्टि समेत गरिएको छ भने स्वागत स्वरुप मयुर नृत्य समेत प्रस्तुत गरिएका थियो ।

“उद्योग व्यापार कृषी एवं पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न प्रकृतिका बस्तुहरु राखिएको ३ सय ५० वटा स्टल रहेको छ । कृषि, पर्यटन, साहित्य, कला र व्यवसायको क्षेत्रका व्यक्तिहरुको महोत्सवमा जमघट भएको छ ।

महोत्सवमा कृषकले उत्पादन गरेका कृषि उपज देखी विभिन्न व्राण्डका गाडिहरु प्रर्दशन र बिक्रिका लागि राखिएको छ । आज औपचारीक उद्घाटन भएको र भोली देखी साँस्कृतीक कार्यक्रमहरु सुरु हुने सांस्कृति व्यवस्थापन उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिए । महोत्सवको उद्घाटन पूर्व घोराहीमा शोभायात्रा निकालिएको थियो ।

सोभायात्रामा विभिन्न दर्जनौ संघसंस्थाका व्यक्तिहरु व्यानर सहित सहभागि भएका थिए । त्यस्तै टोल बिकास संस्था, दर्जनौ स्कुलका शिक्षक तथा बिद्यार्थी, जातजाति एंव धार्मीक संस्थाहरु आ आफ्नो पहिचान सहित सोभायात्रामा सहभागि भएका थिए । -तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger