Headlines News :
Home » » दाङमा फागुन २९, ३० र जेठ १ गते हात्तिपाईले रोग विरुद्ध औषधी खुवाईने

दाङमा फागुन २९, ३० र जेठ १ गते हात्तिपाईले रोग विरुद्ध औषधी खुवाईने

Written By Unknown on Friday, March 4, 2016 | 12:29 AM


घोराही, २१-फागुन / दाङमा यही फागुन २९, ३० र जेठ १ गते हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले शुक्रबार घोराहीमा पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गर्दै तीन दिन जिल्लाका २ बर्ष देखी माथीका सबै नागरिकहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन लागेको जानकारी दिएको छ ।

तीन दिन सम्म हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान नाम दिएर जनस्वास्थ्य कार्याललये २ हजार ८ सय व्यक्तिलाई परिचालन गरेर औषधी खुवाउने जानकारी दिएको छ । कार्यक्रममा जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेलले ६ लाख ११ हजार ३ सय ८४ जनालाई औषधी खुवाउने जानकारी दिए ।

दाङ पनि हात्तिपाईले रोगको जोखिम जिल्लामा रहेको भन्दै उनले रामपुर र सिसहनिया गाबिसका करिब ६ सय नागरिकको रक्त परिक्षण गर्दा रामपुरमा ४२ र सिसहनियामा ३७ जनामा त्यसको लक्षण देखिएको बताए । गतबर्ष जिल्लामा अण्डकोष सुन्नियको १०, खुट्टा सुन्नियको २ र अन्य अंगहरु सुन्निएको ५ जनामा हात्तिपाईलेको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो तीन दिने अभियानमा ३ सय स्वास्थ्यकर्मी, ९४२ महिला स्वयमसेविका र १ हजार ६ ससय ५६ स्वास्थ्य स्वयमसेविका गरि २ हजार ८ सय ८० जना कर्मचारीहरु खटिने भएका छन् । तीन दिने अभियानका लागि ८४ लाख ९९ हजार रुपैयाँ बजेट रहेको कार्यालयको भनाई छ ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट हात्तिपाईले रोग सर्ने भएकाले सबैलाई अनिवार्य औषधी सेवन गर्न डा. पौडेलले आग्रह गरे । साथै २ बर्ष नपुगेका, गर्भवती, ७ दिनको सुत्केरी र सिकिस्त विरामीले उक्त औषधी खान नहुने चिकित्सकहरुको भनाई छ । छैठौँ चरणको औषधी सेवन हुन लागेको र अबको ५ बर्ष भित्र नेपालबाट हात्तिपाईले रोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।

यसैविच दुई दर्जन पत्रकारहरुले आजै औषधी सेवन गरेर अभियानको सुभारम्भ गरेका छन् । जनस्वास्थ्य प्रमुख डा. भुवन पौडेलले पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई औषधी खुवाएर अभियानको सुरुवात गरेका हुन् । -तुलसीपुरअनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger