|
|
मकवानपुर हटौंडाका निरज बाबा उपनामलले चिनिने निरजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सिआइबीले उनलाई हेटौंडाको बुद्धचोकबाट पक्राउ गरि काठमाडौं ल्याएको छ ।
उनी साउदी बैदेशिक रोजगारीका लागि साउदी अरव गएका बेला काठमाडौंमा एक युवतीसँग फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुकबाट जोडिएको उनीहरुको सम्वन्ध गाढा बन्दै गयो ।
उनि साउदीबाट काम छाडेर आएपछि चौधरीले काठमाडौंको एक रेष्टुरेन्टमा लगेर नशालु पदार्थ खुवाई ती युवतीको अश्लिल फोटो खिचेको सिआइबीले जनाएको छ ।
तर, निरज विवाहित थिए । जब यो कुरा थाहा भयो युवती उनीबाट टाढिन खोजिन् । त्यसपछी उनले अश्लिल फोटो सामाजिक संजालमा पोस्ट गर्ने, युवतीका आफन्त र साथीहरुलाई पठाउने काम उनले गरेका थिए ।
अश्लिल फोटो खिचेर उनले युवतीलाई यौन सम्पर्कका लागि दबाब दिनेसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीन साता अघि युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गरेकी थिइन् । उनकै उजुरीका आधारमा प्रहरीले चौधरीलाई हेटौंडाबाट पक्राउ गरेको छ ।
उनलाइ विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको केन्द्रीय अनुसन्धान विभागका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले जानकारी दिए ।
Post a Comment