Headlines News :
Home » » लोकसेवाले माग्यो ४ हजार ४ सय बढी प्राविधिक कर्मचारी ! सुचनाको लागि सबैले सेयर गरौ !

लोकसेवाले माग्यो ४ हजार ४ सय बढी प्राविधिक कर्मचारी ! सुचनाको लागि सबैले सेयर गरौ !

Written By Unknown on Thursday, April 7, 2016 | 9:50 PM


चैत २६, काठमाडौं । लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनु भएको छ भने तपाईंलाई सरकारी जागिर खाने सुनौलो अवसर आएको छ । आयोगले ४ हजार ४ सय १३ जना प्राविधिक पदमा विज्ञापन खुलाएको छ ।

स्वास्थ्य सेवा चौंथो तथा राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार स्तरको पदका लागि झण्डै ४ हजार ४ सय भन्दा बढी कर्मचारीको लागि दरखास्त आह्वान गरिएको हो ।

यसमा स्वास्थ्य सवाका लागि मात्रै ३ हजार ५ सय १५ जनाको आवेदन माग गरिएको आयोगकी प्रवक्ता गीताकुमारी हुमागाँईले अनलाइनखबरलाई जानकारी दिइन् ।
 यसमध्ये पनि अहेव र अनमी पदमा सबैभन्दा बढी कर्मचारी माग भएको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि ९ सय ९१ पदमा आवेदन मागेको छ भने बढुवाका लागि ९३ पदमा प्रतिस्पर्धा हुने भएको छ ।

स्वास्थ्य सेवा, कृषि, फरेष्ट्री, सर्भे, कम्युटर अपरेटर, इञ्जिनियरिङ, अमिन, खानेपानी तथा सरसफाइ, इलेक्टि्रकल, मेकानिकल लगायत सेवा, समूह र उपसमूहमा प्राविधिक कर्मचारी मागेको हो ।

विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुका लागि माग भएको प्राविधिक कर्मचारीका लागि योग्यता पुगेकाहरुले दरखास्त दिन सक्नेछन् ।
आगामी बैशाख १४ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । सबै समूहको परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुनेछ । -अनलाइन खबरबाट

लोकसेवा आयोगको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger