Headlines News :
Home » » दाङमा बलात्कार गरेको ठहर गर्दै दुई जनालाई आठ वर्षको कैद सजायको फैसला

दाङमा बलात्कार गरेको ठहर गर्दै दुई जनालाई आठ वर्षको कैद सजायको फैसला

Written By Unknown on Thursday, April 7, 2016 | 11:27 PM


घोराही, २६-चैत्र । दाङमा एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले एक जनालाई ८ र अर्का एक जनालाई ४ बर्षको कैद सजायको फैसला गरेको छ ।



दाङ देउखुरी जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सतवरिया ८ तेलियाका १८ वर्षीय नेत्रबहादुर कुमाललाई आठ वर्ष र लमही ननगरपालिका १० देउपुरका २३ वर्षीय भुपाल घर्ती मगरलाई चार वर्षको कैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले कुमाललाई बलात्कार गरेको ठहरसहित आठ वर्ष र मगरलाई बलात्कार गर्न कोमललाई सहयोग गरेको ठहर गर्दै चार वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए ।

२०७२ वैशाख २० गते बालिकालाई भालुवाङको एक होटलमा बलात्कार गरेको आरोपमा प्रहरीले उनिहरुलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger