Headlines News :
Home » » रोल्पामा वन समूहको बैठकमा विवाद हुँदा ढुङ्गाले हानेर एक जनाको हत्या

रोल्पामा वन समूहको बैठकमा विवाद हुँदा ढुङ्गाले हानेर एक जनाको हत्या

Written By Unknown on Thursday, August 18, 2016 | 6:17 AM


भदौ २, रोल्पा । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा बिहीबार एक जनाको हत्या भएको छ । 



भिरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी-२ लामीडाँडाको बैठकमा विवाद हुँदा ६३ वर्षका खरबीर बस्नेतको हत्या भएको हो । रुख काटेको विषयमा भएको विवादले उग्र रुप लिँदा सोही ठाउँका ३५ वर्षका बलबहादुर बुढाले ढुङ्गाले हानेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

‘खरबीरको रुख काटेको विषयमा यसअघि नै मिलापत्र भैइसकेको थियो । मादक पदार्थ सेवन गरेका खरबीरले घर जान लागेका बलबहादुरलाई हात हालेपछि बलबहादुरले पनि हात छोडेका थिए । ढिकमुनी खसेका खरबीरलाई बलबहादुरले ढुङ्गाले हानेर हत्या गरे’ एक स्थानीय बासिन्दाले भने ।

घटनापछि वन समूहको वैठक पनि स्थगित भएको समूहका अध्यक्ष भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । वन समूहको बिहीबारको बैठकमा भवन निर्माण गर्ने विषयमा छलफल हुने भनिएको थियो । घटनाको बारेमा प्रहरी चौकी सुर्पालमा खबर गरिएको स्थानीय बासिन्दाले बताएका छन् । स्रोत: उज्यालो अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger