Headlines News :
Home » » रोल्पामा मामाघर बस्दै आएका १० बर्षीय नातिको हत्या आरोपमा हजुरआमा पक्राउ

रोल्पामा मामाघर बस्दै आएका १० बर्षीय नातिको हत्या आरोपमा हजुरआमा पक्राउ

Written By Unknown on Thursday, August 18, 2016 | 6:53 AM


भदौ २, रोल्पा । रोल्पामा प्रहरीले आफ्नै नातिको हत्या गरेको आशङ्कामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुलिचौरले जेदवाङ गाविस–८ राङजातकी ६० वर्षिया मनसरी विकलाई आफूसँगै बस्दै आएका १० वर्षीय नाति दिनेश बुढाको हत्या गरेको आशङ्कामा पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी निरीक्षक शशीधर अधिकारीका अनुसार गत साउन २७ गते घर नजिकैको रुखमा बुढा भुन्डिएर मरेको भनी उजुरी परेपछि प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघालाई जिम्मा लगाएको थियो ।

बुढाको रहस्यमय ढङ्गबाट मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि म्याद थप गरी हजुरआमा मनसरीलाई प्रहरीको जिम्मा लगाएको छ । मृतक बुढा मामाघरमा बस्दै आएका थिए । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger