Headlines News :
Home » » रोल्पाका पञ्चबहादुर पाँच बर्षदेखि साउदी जेलमा, उद्दारका लागि सरकारसँग माग

रोल्पाका पञ्चबहादुर पाँच बर्षदेखि साउदी जेलमा, उद्दारका लागि सरकारसँग माग

Written By Unknown on Wednesday, August 17, 2016 | 8:42 PM


भदौ २, रोल्पा । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ४, रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन ।

उनलाई संग काम गर्ने भारतीयको  झगडा कै क्रममा  मृत्यु भएसंगै उनलाइ जेल हालिएको हो । उनी ५ वर्ष देखी साउदी अरबको जेलमा रहेका छन् ।

५ बर्ष पुग्दा समेत मृतकको परिवार नआएको कारण उनलाई भारतिय दुताबासबाट केश उल्टाइएको थियो । ऊनलाई न त अहिले सम्म सजाय नै सुनाइएको छ न त उद्दार नै  गरेको छ ।
रोकामगर लामो समय जेलमा बस्दा सम्म कुनै प्रक्रिया अगाडि नबढ्दा समस्या परेका छन् ।

उनी भक्कानिदै भन्छन– म जेल परेको लामो समय भयो !  दुताबासमा फोन गर्छु भन्छु नम्बर नै छैन ।  साउदी अरव अदालतले रोकाको केश अगाडि वढाउन नेपाली राजदुताबासले कुनै पहल नगरेको जनाएको छ ।

अदालतका अनुसार राजदुतावास र मृतक परिवारको उपस्थित भए फैसला हुने जनाएको छ ।  रोका काठमाण्डौमा रहेको सन मेनपावर मार्फत साउदी अरब पुगेका थिए । रोका कप्पनी को काम नभएर उनी एक जना साउदी नागरीक को मझरा (भेडा राख्ने ठाउ) मा काम गरी रहेका थिए । उनी जेल पर्नु भन्दा पहिले ९ बर्ष एउटै मालिक संग काम गरी रहेका थिए ।

मगरको घरमा उनको श्रीमती र एक छोरा र छोरी रहेका छन । आर्थिक अभाव कमजोर भएका कारण  विदेश गएका श्रीमान जेल परेपछि परिवार समस्या परेका छन् ।

श्रीमानको बिना सर्त रिहाको लागि पहल गरिदिनुहुन नेपाल सरकार,  बिदेशमा आबद्द गैर सरकारी संघ संस्था , नेपाली राजदुताबास साउदी तथा सम्पूर्ण  निकायहरुमा उद्दार गरीदिन समेत अपिल गरेकी छिन । -रेखदेख खबर र साउदीबाट लक्ष्मण रसाईलीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger