Headlines News :
Home » » रोल्पामा यसकारण एड्स सङ्क्रमितको सङ्ख्या बढिरहेको छ !

रोल्पामा यसकारण एड्स सङ्क्रमितको सङ्ख्या बढिरहेको छ !

Written By Unknown on Monday, August 22, 2016 | 8:56 PM


भदौ ७, रोल्पा । रोल्पा जिल्लामा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या हालसम्म ६० पुगेको रोल्पा प्लस सामुदायिक हेरचाह केन्द्रका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ।



उहाँका अनुसार हाल जिल्लामा एचआइभी एड्स सङ्क्रमित पुरुष २७, महिला २८, बालबालिका पाँच गरी सङ्क्रमितको सङ्ख्या ६० जना पुगेको हो । तीमध्ये आठ महिला र तीन जना पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।

विकका अनुसार जिल्लामा २२ देखि ६२ वर्ष उमेर समूहका पुरुष तथा महिलामा एचआइभीको सङ्क्रमण देखिएको छ भने आठदेखि १४ वर्षसम्मका बालबालिकामा एचआइभीको सङ्क्रमण देखिएको छ ।

यसरी सङ्क्रमित पाँच बालबालिकामध्ये चार बालिका र एकजना बालक रहेका छन् । यी बालबालिका सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा जन्मदेखि नै एचआइभी एड्स सङ्क्रमणको सिकार बन्नुपरेको हो ।

रोजगारीका कारण खाडी मुलुक पुगेका श्रीमान्हरु स्वदेश फर्कंदा सङ्क्रमित भएर फर्कने र घरमा श्रीमतीलाई यस विषयमा कुनै पनि जानकारी नदिने भएका कारण श्रीमतीहरु सङ्क्रमित भएर जीवन जिउन बाध्य भएको एचआइभी एड्सबाट सङ्क्रमित भएका महिलाको गुनासो छ ।

रोल्पा प्लसले जिल्लामा सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक औषधि उपचार दिँदै आएको भए तापनि यस आवमा भने संस्थामा कुनै किसिमको कार्यक्रम सञ्चालनमा नभएको हुदा सङ्क्रमित चिन्तित भएका छन् ।

“हामीले कार्यक्रम सञ्चालनका लागि सभामुखसँग उहाँलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री कृष्णबहादुर महरासमक्ष ज्ञापनपत्र बुझाएका छौँ उहाँहरुले केही पहल गर्नुहुन्छ कि भन्ने आशा छ” – रोल्पा प्लसका सदस्य दामे विकले भन्नुभयो ।

संस्थामा हाल कुनै किसिमको कार्यक्रम सञ्चालन नहुँदा जिल्लाको दूर दराजबाट उपचारका लागि सदरमुकामसम्म आएका सङ्क्रमितलाई खाना खान र बास बस्नसमेत असहज हुने गरेको उनीहरुको गुनासो छ । सुरु सुरुमा आफू सङ्क्रमित भएको कुरा खोल्न नचाहनेहरु पनि पछिल्ला दिनमा खुलेर औषधि उपचारका लागि सदरमुकाम आउने गरेको सरोकारवालाहरुले बताए ।

केही वर्ष पहिले एचआइभी एड्स सङ्क्रमितलाई समाजले छी छी र दुर्दुर गथ्र्यो तर अहिले हामी पनि अन्य मानिससरह सरल जीवन बाँचिरहेका छौँ – अध्यक्ष विकले भन्नुभयो । स्रोत: दाङखबर डटकम

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger