Headlines News :
Home » » दाङ-सल्यान सडकमा पहिरो हटाउन अझै सकिएन, यात्रुको बेजोग यस्तो छ ! तस्बिरसहित

दाङ-सल्यान सडकमा पहिरो हटाउन अझै सकिएन, यात्रुको बेजोग यस्तो छ ! तस्बिरसहित

Written By Unknown on Wednesday, August 24, 2016 | 1:02 AM


निमुसंगम घर्ती/भदौ ८, दाङ । दाङ सल्यान जोड्ने सडक खण्ड तुलसीपुर १ साततलेमा मंगलबार खसेको पहिरो अझै हटाउन सकिएको छैन् ।
 मंगलबार बिहान करिब ८ बजे तिर खसेको सुख्खा पहिरो हटाउने काम भैरहेपनि अझै सडक खुल्ने लक्षण देखिएको छैन् ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीको एउटा लोडर र २ वटा टिप्परले पहिरो हटाउन हिजो दिउसो देखी प्रयास गरिरहे पनि अझै सम्भब भएको छैन् । मंगलबार राती अबेर सम्म पहिरो पन्छाएको लोडरले बुधबार बिहानै बाट काम सुरु गरेपनि लोडर बिग्रिएपछि थप समस्या भएको छ ।
सो सडक खण्डमा परिचालन गरिएको लोडर सल्यानको कपुरकोटमा बिग्रिएको अबस्था छ । देउखुरीको राजमार्गमा रहेको लोडर पहिरो पन्छाउन पठाइएको कार्यालयका निमित्त प्रमुख इन्जीनियर नरबहादुर सडक बन्द भएपछि बिरामीहरु समेत अलपत्र छ ।

कतिपय यात्रुहरु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य भए ।कतिपय यात्रु पहिरोमै जोखिम मोलेर मोटरसाइकल पार गराइरहेका छन् । अहिले साततलेमा करिब ३ सय बढी गाडिहरु रोकिएका छन् ।


यात्रुहरुले पहिरो हटाउन ढिलाई भएको प्रति आक्रोश पोखेका छन् । सडक डिभिजन कार्यालयको मात्रै भरपर्दा र कार्यालयको स्रोत साधन कमजोर हुदा सास्ती भएको भन्दै यात्रुहरुले आक्रोश पोखेका हुन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger