Headlines News :
Home » » बेपत्ता दुईजना महिला र दुईजना वालक खोज्दै रुकुम देखि दाङसम्म

बेपत्ता दुईजना महिला र दुईजना वालक खोज्दै रुकुम देखि दाङसम्म

Written By Unknown on Wednesday, August 24, 2016 | 1:25 AM


भदौ ८, दाङ । रुकुम खलङ्गा नगरपालिका वडा नं. १ सालघारीकी सिता पुन मगर र रुुकुमको भलाक्चा गाविस निवासी प्रेमा रोका र उनका दुई सन्तान विगत एक महिना देखि वेपत्ता भएका छन् ।
सिता पुन दिदी प्रेमा रोकाको घरमा गत साउन १८ गते धार्मिक कार्य छ भनि गएको र त्यस यता उनीहरु चारै जना व्यपत्ता रहँदै आएको सिताकी जेठानी दिदी २७ वर्षीय सिता ददेलले जानकारी दिइन । सिता र रवि ददेलका दम्पत्ति अनि बहिनी विजया वली तुलसीपुर अनलाईनको कार्यालयमा आएर त्यस्तो जानकारी दिएका हुन ।

उनीहरले जताततै खोज्दा पनि २० वर्षीय सिता पुन मगर र अन्दाजी २७ वर्षीय उनकी दिदी प्रेमा रोका र उनका ९ वर्षीय छोरा र ५ बर्षीय छोरी कतै फेला नपरेपछि उनीहरुलाई खोज्दै दाङको तुलसीपुर सम्म आएको सिता ददेलले जानकारी दिइन ।

मोवाईमा लोकेशन हेर्दा दाङको डाँडाखुटी र नयाँ वसपार्क लगाएका स्थानमा देखाएकोले खोज्दै तुलसीपुर झरेको खोजिमा आएकाहरुले बताए । सिता पुन मगर र दिनेश ददेलका विचमा एक वर्ष अघि मात्रै विवाह भएको थियो । तर दिनेश ददेल हाल बैदेशिक रोजगारको सिलसिलामा ओमानमा छन् ।

दिनेश छुट्टिमा घर आएको समयमा उनीहरुको विवाह भएको थियो । बेपत्ता रहेका सिता पुन मगरले एकलाख नगद , गरगहना र प्रेमा रोकाले नगद चारलाख जति साथमै ल्याएर आएको सिता ददेलले जानकारी दिइन । दुईजना महिला र दुईजना बालवालिका हराएको वारेमा जिल्ला प्रहरी कार्यालय रुकुममा साउन २४ गते जाहेर दिएको जानकारी पनि दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger