Headlines News :
Home » » दाङमा बुवाको हत्या गरेर फरार भएका छोरा रोल्पाबाट पक्राउ

दाङमा बुवाको हत्या गरेर फरार भएका छोरा रोल्पाबाट पक्राउ

Written By Unknown on Wednesday, August 24, 2016 | 1:22 AM


भदौ ८, दाङ । दाङमा प्रहरीले बुवाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

यहि भदौ १ गते दाङ हाँसीपुर गाविस २ बस्ने २७ वर्षका   मोहम्मद हसन मियाले बुवा ५५ वर्षका अमिन मियाको हत्या गरेका थिए ।  पारिवारिक विवादको कारण मियाँले वुवालाई काठको चिरपटले प्रहार गर्दा घटनास्थलमा नै मृत्यू भएको प्रहरीले वताएको छ ।

घटनापश्चात फरार रहेको अभियुक्त मियालाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले रोल्पाको मिझीङ १ रुईनिवाङवाट नियन्त्रणमा लिएको हो । त्यहाँ लुकिछिपि बसेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सहकार्यमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहंले जानकारी दिनुभययो ।

प्रहरी हिरासतमा रहेका अभियुक्त मियाँले पारीवारिक विवाद हुँदा बुवाले आफुलाई हिर्काएको र त्यसपछि आफुले पनि दाउराले हिर्काउदा बुबाको घटनास्थमा नै मृत्यु भएको वयान दिएका छन । साथै अभियुक्तले अपराध स्वीकार गरेको र थप अनुसन्धान भईरहेको एसपी सिंहले वताउनुभयो । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger