Headlines News :
Home » » दाङको मुख्य बजारको आईएमईवाट ५ लाख बढी रकम चोरी, सिसि क्यामेराको फुटेजमा देखिए चोर

दाङको मुख्य बजारको आईएमईवाट ५ लाख बढी रकम चोरी, सिसि क्यामेराको फुटेजमा देखिए चोर

Written By Unknown on Sunday, August 21, 2016 | 9:07 PM


नारायण खड्का/भदौ ६, दाङ । तुलसीपुरको मुख्य बजारवाटै एउटा आईएमई वाट झन्डै साढे ५ लाख नगद चोरी भएको छ ।



तुलसीपुरको केन्द्रविन्दु मानिने तुलसीपुरको वीपी चोक स्थित राप्ती मनी ट्रान्सफर्मर वाट सोमवार विहान १ बजे ५ लाख ३५ हजार नगद चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इनिस्पेक्टर खुमानन्द पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सीसी क्यामेराको रेकर्ड अनुसार सोमवार विहान १ बजे चोरले चोरी उक्त आईएमीको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी भएको आईएमईकी सञ्चालक किरण पुनले जानकारी दिएका छन् ।

प्रहरीले चोरले ताला फोडर भित्र प्रवेश गरी जुन घर्रामा पैंशा राखिएको छ त्यही घर्रा मात्रै फोडेर रकम चोरी गरेकोले घटना रहस्यमय भएको जानकारी दिएको छ । इनिस्पेक्टर पाण्डेले चोरले ६ हजार नगद पैंशा राखिएको अर्का घर्रा भने केही पनि चलाएको छैन । दोस्रो घर्रामा ६ हजार नगद सुरक्षित रुपमा फेला पारिएको पनि जानकारी दिएको छ ।


यसैविच प्रहरीले फुटेजमा चोरीगर्ने व्यक्ति स्पष्ट देखिएको जानकारी दिएको छ । चोरी भएको आईएमीईको वारेमा अवलोकगर्न गएपछि ईप्रका तुलसीपुरका इनिस्पेक्टर पाण्डेले चोरले मुख भने पुरै छोपेको अवस्थामा रहेको जानकारी दिए । प्रहरीका अनुसार चोर्ने व्यक्ति अग्लो छ र उसले सेतो रङको कपडा लगाएको छ ।

चोरले साथमा पलास्टिकको झोला समेत यता उता चलाई रहेको अवस्थामा सीसी क्यामेराको फूटेजमा देखिएको प्रहरीले बताएको छ । प्रहरीले घटनावारे सीसी क्यामेराको फूटेज झिकाएर अनुसन्धान सुरु गरेको छ । गत हप्ता मात्रै तुललसीपुरको एउटा सुन पसल वाट एकजना महिलाको नगद र सुन सहितको झोला चोर्ने व्यक्तिलाई सीसी क्यामेराको फूटेजको अध्यनपछि पक्राउ गरिएको थियो ।

तुलसीपुर बजारको मुख्य केन्द्रवाटै लगातार चोरीका घटना बढ्दै जान थालेपछि तुलसीपुर कति सुरक्षित छ भन्ने सवाल खडा भएको छ । किनकि , वीपी चोक लगाएतका स्थानहरु प्रहरीले सीसी क्यामेरावाटै निगरानी गर्दै आएको बताउँदै आएको छ ।

त्यतिमात्रै हैन वीपी चोकको उत्तरतर्फको विरेन्द्र चोक एकसय मिटरको दुरीमा छ भने त्यहाँ चौविसै घन्टा प्रहरी तैनाथ हुन्छ । त्यसैले दक्षिणको बैंक चोक पनि त्यतिकै दुरीमा छ । त्यतिमात्रै हैन , तुलसीपुर चौकीदारहरु पनि रातभर गस्तिमा हुनेगर्छन । नजिकै १९ नम्वर वाहीनी छ । तर त्यस्तो सुरक्षा घेराभित्रै वाट पटक पटक चोरीका घटनाहरु दोहरीदै जाँदा तुलसीपुरको सुरक्षा अवस्थावारे चिन्ता उत्पन्न भएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger