|
|
दाङ ६-पुस । तुलसीपुरको बल्लेमा ढुंगामा च्यापिएर एक जना वालकको ज्यान गएको छ । तुलसीपुर–७ बल्लेमा तरुल खन्ने क्रममा ढुंगाले च्यापिएर १० वर्षे वालक सन्दिप सुनारको घटनास्थलमै ज्यान गएको थियो ।
स्थानिय विरवहादुर वुढाका अनुसार सन्दिप लालबहादुर सुनारका छोरा हुन । निमावि प्रतावकोटमा कक्षा ५ मा अध्ययनरत सन्दिप आइतवार वेलुका विद्यालयबाट परीक्षा सकेर घर फर्के पछि खाजा खाएर घर नजीकैको जंगलमा तरुल खन्न पुगेका थिए ।
तर तरुल खन्ने क्रममा माथिवाट खसेको झन्डै १० क्विइन्टलको ढुंगाले सन्दिपलाई च्यापेको बुढाले बताए । सन्दिपलाई प्यापेको ढुंगा पंछाएर उनको शव निकाल्न स्थानिय ७ जना व्यक्तिलाई झन्डै दुई घन्टा सम्म मेहनत गर्नुपरेको विरवहादुर वुढाले बताए ।
सन्दिपलाई च्यापेको ढुंगा सामान्य लिभरको साहेताले मात्रै हटाउन सकिएको बुढाले जानकारी दिए । घटना आइतबार बेलुकाको हो । सन्दिपको अन्तिम संस्कार आज (सोमवार) मात्रै गर्ने तयारी भइरहेको छ । tulsipuronline.comबट
Post a Comment