Headlines News :
Home » » नेपालमै विवाहका लागि वर वा वधु खोज्ने अनलाइन आयो

नेपालमै विवाहका लागि वर वा वधु खोज्ने अनलाइन आयो

Written By Unknown on Sunday, December 20, 2015 | 8:42 AM


गृहस्थ जीवन एउटा सुन्दर बगैचा हो जसमा सबै वर्ण र भेष का मानिसहरुले आफ्नो अभीष्ट प्राप्त गर्दछन् । यहाँसम्म कि योगी, सन्यासी र ब्रह्मचारीहरुको लक्ष्य प्राप्तिमा समेत् गृहस्थीको योग्दानको अपेक्षा गरिएको हुन्छ । यस आश्रममा मानिसले आफ्नो चारै पुरुषार्थ ( धर्म, अर्थ काम र मोक्ष) को साधना गर्दछ र मानव जीवन ले पूर्णता पाउँछ । यसकारण हिन्दूहरुको धर्म शास्त्र मा गृहस्थ आश्रम लाई सब भन्दा बढी महत्वपूर्ण मानिन्छ ।

बिशौं शताव्दीको उत्तरार्धदेखी आधुनिकीकरण, शहरीकरण, पश्चिमीकरण,र औद्योगिकरणले गर्दा अब मानिस आफ्नो परिवेश र सिमित नातागोता तथा जातिवाद र देश या भुगोलवादको घेरा बाट धेरै माथि उठी सकेको छ । अब विज्ञानले विकासलाई उच्चस्तरीय प्रतिष्ठा दिन सफल भएकोले दुनिया सानो हुन पुगेको छ । 

हिजो सम्म विलासिता का वस्तु मानिएका तर आजको जीवनोपयोगी भै सकेका चीजवस्तु को आवश्यकता र महत्वाकांक्षामा अप्रत्यासित वृद्धि, उच्चस्तरीय प्रतिस्पर्धा र विकासका प्रतिमान्हरुको चकमन्नताले केटा-केटीहरुलाई हतप्रभ पारेको छ दौडाएको छ र यो भागदौडमा अव शिक्षा प्राप्ती अथवा व्यवसायिक कारणले गर्दा नेपाली केटाकेटीहरु गाउँघर, शहर र देश छोडेर बाहिर टाढा टाढा विदेश मा गएका छन् । 7

खाडी देशका अतिरिक्त अमेरिका, वेलायत, स्वीट्जरलैन्ड्, जर्मनी, क्यनाडा, स्पेन, फिलिपिन्स, जापान, कोरिया आदी देशहरुमा बसी रहेका छन् र दिनरात निरन्तर काम को व्यस्ततामा उनीहरुको विवाहप्रतीको चाख र चिन्तनले समय न पाउने हुनाले उनिहरुको विवाहको उमेर कहिले खस्क्यो र अधवैसे भएँ भन्ने कुरा सम्झने समेत फुर्सद हुँदैन । नेपाली आमा बाबु र आफन्तहरुले स्वदेश या विदेशमा रहेका आफ्न छोराछोरीका लागि आफ्नो जाती, धर्म र समाज मा यथायोग्य वर वधू खोज्न सजिलो छैन ।

नेपाली आमा बाबु व आफन्तले सँगै रहेका अथवा विदेशिएका केटा केटीहरुको विवाह परम्परागत तरिका ले सम्पन्न गराइ दिदा पनि वर वधु को शैशिक योग्यता, सीप, ज्ञान र कलामा विभिन्नता हुन गएमा दुवै जनाले एक साथ काम गर्न पाउने स्थिती नबन्ने कतिपय उदाहरण देख्न सकिन्छ । केटा इन्जिनिरिङ, केटी मेडिकल क्षेत्रमा, केटा संगीतको क्षेत्रमा केटी नोकारीदार, केटा स्वदेश मन पराउने केटी विदेश जान चाहने यस्ता थुप्रै अनमेलता हुन सक्दछन जस बाट दुवै को वैवाहिक जीवन नर्क बन्न पुग्दछ ।

अर्को कुरा, अमेरिका या युरोपको कुनै देश मा बसेका केटा र केटीसँग शैक्षिक योग्यता भर्सक मिलाएर भए पनि नेपालको कुनै ठाउँको केटा र केटीसँग विवाह गराइ दिँदा पनि समस्या पर्ने सम्भावना देखी इन्कार गर्न सकिदैन । अब त जातियता र योग्यता मात्र मिलाउदा पनि नहुने रहेछ । दुइटैको आहार–विहार, विचार, र संस्कार पनि मिलाउनै पर्ने भएको छ । यस्तो अवस्था का केटा केटी ले यदा कदा आफ्नै रोजाइ मा आफु बसेको ठाउँ मा आफु मिल्ने जुन सुकै जाती, वर्ण, धर्म, र जुन सुकै देश का केटा र केटी ले आपसमा विवाह गर्ने गरेको देखिएको छ । तर यस्ता अत्यन्तै कम भाग्यशाली होलान् जस्को वैवाहिक जीवन सफल छ र जस्ले नेपाली चिन्तन अनुसार अरुलाइ समेत छहारी दिन सक्दछ । लेखकले यस्ता थोरै भाग्यमानी लाई मात्र देखन पाएको छ ।

वर्तमान समय मा शिक्षा, रोजगारी य अन्य कारणवस विदेशमा रहेका केटाकेटी अथवा विदेशमा रहेका दम्पत्ती को विदेश मै जन्मे हुर्केका सन्तान को विवाह को लागि वर वधू खोज्नु र धेरै मध्ये कुनै एक लाई रोज्नु भनेको अत्यन्तै कठिन काम हुन पुगेको ले तमाम केटा केटी ३५,४०,४५ वर्षका भैसक्दा पनि दम्पती सुख देखी टाढा बस्नु पर्दा को अवस्था लाइ आज भोली त विवाह को उमेर नै यस्तै हो भन्छन् ।

अयोध्या प्रसाद श्रीवास्तव (अधिवक्ता/प्राध्यापक)
 तर मेरो बुझाइ मा परिस्थिति सिर्जित असमर्थता जस्तो बुझ्छु । संस्कार र स्थिति परिस्थिति नमिल्ने अनमेल विवाहबाट कैयौं परिवारमा तनाव र छोड्पत्र जस्ता नेपाली मन र परीवेश देखी भिन्न असहज स्थिती ले तिक्तता जन्माएको छ । यसबाट छुटकारा पाउन अब इन्टर्नेट मा www.nepalivivah.com नाम को नेपाली लमी सेवा शुरु गरिएको छ । यस वेव साइट मा प्रवेश गरे पछी हजारौं केटाकेटी हरुको फोटो सहीतको विवरण र संपर्क नम्बर हरु उल्लेख रहेका छन् । यसबाट जो सुकै ले पनि सेवा लिन सक्दछ ।

अब आफुले चाहे अनुसार को केटा केटी खोजेर रोजेर, घर परिवार सँग कुरा गरेर स्वदेश विदेश जहाँको लागि पनि विवाह को अवसर जुटेको छ । अव त केटाकेटी ले आपसमा सम्पर्क गरेर विवाह गर्दा भाग्नु पर्ने अवस्था छैन । आफ्ना अभिभावकलाइ भनेर अथवा विवरण देखाएर मागी विवाह गर्न सजिलो भएकोले हाम्रो संस्कारको श्रेष्ठ परम्परा कायम राख्न सजिलो हुने अशा लिन सकिन्छ । नेपाली र विदेशी वर्णशङ्करताको चिन्ता लिनेहरुका लागि पनि https://www.nepalivivah.com/ ले चिन्तामुक्त हुने आधार बनाइदिएको देखिएकोले हामी सबै आशावादी हुन सक्दछौ ।

तपाईंहरु पनि यो सेवा लिनुभई लाभान्वित हुन सक्नुहुनेछ । त्यसैले शीघ्र यो वेभसाइट लगअन गरी आफूले खोजेजस्तै जीवनसाथी रोजेर जीवनलाई सार्थक वनाउनुहोस् ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger