|
|
आशिष केसी/पुस ५, सल्यान । सल्यान रुकुम यातायात व्यावसायी समिति सल्यानले डिलक्स गाडीहरु संचालन गर्ने भएको छ ।
समितिको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेसन पछिको निर्वाचित कार्य समितिको पहिलो वैठकले समितिले डिलक्स वस सन्चालन गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले आवश्यकता हेरी साना मिनिबस, जिपहरु समेत दर्ता गरी संचालन गर्ने निर्णय गरेको छ ।
समितिले यात्रुहरुको चापलाई ध्यान मध्यनजर गरी श्रीनगर देखि मौलोहाल्ने, दमाचौर, खलङ्गा देखि बाङगेलाखुरी, ढुङगे वगर सम्म मिनिबस सन्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै खलङ्गा देखि फालावाङ श्रीनगर देखि स्यानिखाल चलाउनेपानी श्रीनगर देखि चंदे छापडांडा सम्म जिप र दुलधारा पोखरा देखि तुलसीपुर सम्म वस संचालन गर्ने समितिले निर्णय गरेको हो ।
Post a Comment