|
|
पुस ५, काठमाडौँ । बिजुली, इन्धन तथा खाना पकाउने ग्यासको हाहाकार भइरहेको अवस्थामा अब बच्चाको सालनालबाटै बायोग्यास उत्पादन गरी त्यसबाट खाना पकाउने तथा अन्य कार्यका लागि प्रयोग गरिने भएको छ ।
त्यस्तो बायोग्यास नेपालमा सबभन्दा बढी प्रसुति गराउने परोपकार प्रसुति अस्पतालमा बच्चाको सालनाललाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर उत्पादन गर्न लागिएको हो ।
दैनिक रूपमा ३५ देखि ४० किलोसम्म बच्चाको सालनाल जम्मा हुने परोपकार तथा स्त्रीरोग अस्पताल थापाथलीमा सोबाटै बायोग्यास उत्पादन गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले जानकारी गराए ।
सालनाललाई बायोग्यासका रूपमा उत्पादन गरेर आवासीय चिकित्सक, कर्मचारी तथा बिरामीलाई अस्पतालमा खाना पकाउन र शल्यक्रियाका लागि पानी उमाल्न, बत्ती बाल्नमा प्रयोग गर्न सकिने उनले बताए । गोरखापत्र दैनिकबाट
Post a Comment