Headlines News :
Home » » बिमान सम्पर्कविहिन हुनुअघि पाइलटले के भनेका थिए ?

बिमान सम्पर्कविहिन हुनुअघि पाइलटले के भनेका थिए ?

Written By Unknown on Wednesday, February 24, 2016 | 4:14 AM


फागुन १२, पोखरा । जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहिन हुनुभन्दा अघि वरिष्ठ पाइलट रोशन मानन्धरले ‘फेरि भेटौला गुड डे’ भनेका थिए ।

आज बिहान ७ बजेर ५७ मिनेटमा उडेको उक्त जहाज ८ बजेर १५ मिनेट जाँदा सम्पर्कबिहिन भएको विमानस्थलले जनाएको छ ।

पाइलट मानन्धरले ‘फेरि भेटौला गुड डे’ भनेको आवाज विमानस्थलमा रेर्कड भएको थियो ।

चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर सहित को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना थिए ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger