Headlines News :
Powered by Blogger.

NEWS

Popular Posts

तुलसीपुर नयाँ बसपार्कबाट हराएको गहना सहितको झोला दिनेलाई एकलाख पुरस्कार दिने घोषणा

पूस ५, तुलसीपुर । एकजना महिलाको चार तोला जति सुनका गरगहना सहितको हातेव्याग हराएको छ ।
दाङको मानपुर गाविस मज्गै स्थित माईती घर बाट बाँकेको नेपालगञ्ज स्थित घर जान लागेको सयममा सृजना केसीको सोमवार विहान ९ बजेतिर झोला सहित गरगहना हराएपछि उनले उक्त झोला र सुन फिर्तागर्ने व्यक्तिलाई एकलाख पुरस्कार दिने घोषणा गरेकी छिन् ।

पत्रकारलाई सम्पर्क गरि उनले त्यस्तो प्रतिवद्धता जनाएकी हुन । केसीका अनुसार सोमवार विहान उनी राप्ती अञ्चल सार्वजनिक वस व्यवासयी समितिको ८१६ नम्वरको वसमा यात्रारत रहँदा झोला सहित झन्डै चार तोला जतिको सुनका गरगहना र चादीको पाउजु समेत हराएको थियो । उनले तुलसीपुरको वसपार्कमा वसमै झोला छोडेर टिकेट काटेर फर्किने समयमा आफ्नो व्याग चोरी भएको बताएकी छन् ।

केसीले झोला र सुन फिर्ता गर्ने व्यक्तिले ९८२२४५७८२० नम्वरको आफनो मोवाईल नम्वर वा तुलसीपुर निवासी दाजु विष्णु भण्डारीको ९८०९८४१५८१ नम्वरमा सम्पर्क गर्ने व्यक्तिलाई नगद एकलाख रुँपैया प्रदान गर्ने प्रतिवद्धता जनाएकी छन् ।

केसीका अनुसार उनी माईतमा आफन्तको विवाहमा आएकी थिइन । र फर्कदै गर्दा झोलामा राखेको एक तोलाको एक थान मंगलसुत्र , बाला दुई थान तोलाको, औंठी दूईथान ६ आनाको, टप एक जोडि ५ आनाको , छड्के तिरहरी १ थान १२ आनाको जन्तर १ थान ४ आनाको र एक जोडि पायल सहितको झोला हराएको जानकारी दिएकी हुन । तुलसीपुर अनलाइनबाट

'४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई'

एजेन्सीको सहयोगमा | गत बर्ष मानव तस्करहरुसँग फसेकी एक २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो ।
उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो ।

२४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी-ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले आफुमाथि भएको दर्दनाक स्थितिको खुलाशा गर्दै भनिन् - ''४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई ।'

एउटा टेलीभिजनलाई आफ्नो नारकीय स्थितिको बिषयमा बोल्दै कार्लाले भनेकी थिइन् कि '१२ देखि १६ बर्षको उमेरमा म ४३ हजार पटक बलात्कृत बनें । यति मात्र नभई मलाई दैनिक कम्तिमा ३० पुरुषसँग सुत्नुपर्थ्यो' ।
यस्तो अवस्थामा उनि जब रुन्थिन तब उनलाई प्रयोग गर्नेहरु हास्ने गर्थे । कार्लाको अनुसार १२ वर्षमै उनि आफ्नो परिवारकै कारण पहिलो पटक बलात्कारको सिकार बनिन्, त्यसपछी उनको जिन्दगि नर्कमा धकेलियो । कार्लाको अनुसार मेक्सिकोमा हरेक बर्ष २० हजार महिला मानव तस्करको फन्दामा पर्ने गर्छन । -साझासबालबाट

दाङको विजौरीमा कारको ठक्करवाट महिलाको मृत्यु, ट्रिप्परको ठक्करवाट अर्की महिला गम्भिर घाइते

मङ्सिर १९, दाङ । दाङको विजौरी निवासी एक जना महिलाको कारको ठक्करवाट मृत्यु भएको छ ।
आइतवार विहान सवा ११ वजेतिर तुलसीपुरवाट घोराही तर्फ जाँदै गरेको कारको ठक्करवाट विजौरी ४ हेमन्तपुर निवासी ७३ बर्षीया सितला वलीको मृत्यु भएको ईलाका पैहरी कार्यालय तुलसीपुरका प्रवक्ता खुमानन्द पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार गम्भिर घाईते वलीको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।

तुलसीपुरवाट घोराही जाँदै गरेको एउटा कारले ठक्कर दिएको भनिएपनि हालसम्म ठक्कर दिने कारको पहिचान गर्न नसकिएको र खोजि कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । तर प्रहरीलाई उक्त कार वा १५ च ८५०४ नम्वरको भएको भन्ने सूचना प्राप्त भएको र त्यसको खोजि तिव्र पारिएको प्रवक्ता पाण्डेले बताए ।

त्यस्तै तुलसीपुर घोराही सडक खण्डको कपासी बगीया भन्ने स्थानमा आइतवार दिउँसो साढे २ बजेतिर रा १ क १४३ नम्वरको ट्रिप्परले ठक्कर दिँदा अर्की एक जना बृद्धा गम्भिर घाईते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार उक्त ट्रिप्परको ठक्करवाट घोराही १० निवासी ८० बर्षीया समि रोका गम्भिर घाईते भएकी छन् ।

घाईते रोकालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिप्परका चालक फरार रहेपनि ट्रिप्पर भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । -तुलसीपुर अनलाइनबाट

बैदेशिक रोजगारीबाट नेपाल फर्किंदै हुनुहुन्छ ? भन्सार लाग्ने र नलाग्ने सामानबारे थाहा पाउनुहोस् !

विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुनुहुन्छ होला ।

सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेको छ । त्यसअनुसार मात्रै समान खरिद गर्नुहोला । विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ । विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउँछन् ।

तर, पहिलेभन्दा अहिले विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएका छन् । त्यसबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने हुनसक्छ ।

गत साउनमा सरकारले विदेशबाट केही वस्तुहरु ल्याउनै प्रतिवन्ध पनि लगाएको थियो । सरकारले नयाँ झिटीगुन्टा आदेशमार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।

काँचो सुन नबोक्नुस्
अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ । तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ । कुनैपनि व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन अनुमति हुनछ । यसमा कुनै भन्सार पनि लाग्दैन ।

के-केमा भन्सार लाग्दैन ?
दशैंमा विदशेबाट महंगार ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने पनि समस्या हुनेछ । अघिल्लो वर्षसम्म विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइन्थ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ ।

यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट पाइन्छ ।

बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, विदेशमा कामका लागि नगाएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ ।

सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन । व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन्

समदर भन्सार के-केमा ?
केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् । चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ । अनलाइनखबरबाट साभार

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बुद्धि पुन/मंसिर १७, सल्यान । ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको वडागाउं गाबिस वडा न. ४ का ३६ बर्षिय लोक बहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बिहीबार सांझ साढे आठ वजे तीर सल्यानको वडागाउं वाट चिसापानी तर्फ जादैँ गरेको भे.१ त ३८४७ न.को ट्याक्टर वडागाउ ३ सल्लेटाकुराको वनमा दुर्घटना भएको थियो ।

ट्याक्टर सडक देखी झण्डै ६० मिटर तल खसेको छ । ट्याक्टर दुर्घटनामा पर्दा सवार सल्यान वडागाउं ४ का ३६ बर्षिय लोक बहादुर के.सी. सख्त घाईते हुनु भएको थियो । घाईते केसीको उपचारका लागी अस्पताल लिदैँ गर्दा बिच बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक वडागाउं ३ का २४ बर्षिय चित्र बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

तुलसीपुर अमिलीया सडकखण्डमा महिलाको शव भेटियो

प्रकाश डांगी/मङ्सिर १४, दाङ । तुलसीपुर अमिलीया सडक खण्डमा आज दिंउसो महिलाको शब फेला परेको छ ।
उक्त सडक खण्डको अमिलीया चोक देखी तुलसीपुर आउने बाटोको करीब ३ सय मिटर उत्तर तर्फको पहाडमा उक्त बेबारीशे शब फेला परेको ईप्रका अमिलीयाका प्रमुख हरीशरन भटट्ले जानकारी दिएका छन  ।

आज बिहान स्थानिय महिलाहरु जंगल आयको बेला उक्त शब फेला परेको र मृतकको बारेमा कुनै पहिचान भैनसकेको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार अन्दाजी ३० बर्षको उमेर देखीने महिलाले रातो कपडा लगायको र हातमा घडी बानेको अबस्थामा रहेको बताएको छ ।

साथै प्रहरीका अनुसार महिलाको केही दिन अघिनै मृत्यु भैसकेको हुन सक्ने अनुमान गरिएको छ । अहिले घटनाको बारेमा आबस्यक अनुसन्धान समेत शुरु भैरहेको ईलाका प्रहरी कार्यालय अमिलीयाले जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट

दाङमा यात्रुबाहाक हायस पल्टिंदा १६ यात्रु घाईते, ८ को अवस्था गम्भिर (नामावलीसहित)

नारायण खड्का/मङ्सिर १४, दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् ।


घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खु्मानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा ,सोही ठाँउकै ३ वर्षीया वालिका जस्मिन वुढा ,रामपुर ९ निवासी ३५ बर्षीय मुगा विक, मानपुर ९ निवासी ६४ बर्षीय खेमवहादुर हमाल रहेका छन् ।

यस्तै त्रिपुर ११ निवासी ४५ बर्षीय हिमवहादुर जिसी, तुलसीपुर ६ निवासी मोटरसाईकलमा सवार ३५ बर्षीया शोभा हमाल, त्रिपुर ५ निवासी २९ बर्षीया सुनिता खड्का,सल्यानको धनवाङ गाविस वडा नं. ७ निवासी २६ बर्षीय शिशिर गिरी, रुकुम खलाङ्गा ११ निवासी २० बर्षीया कमला वुढा रहेका छन् ।

अन्य सबैको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको भएपनि चारजना मध्ये मुगा बिक , बिकास बिक, भिमबहादुर जिसी र शिशिर गिरीलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते हुने अन्य यात्रुहरुमा रामपुर ९ निवासी ४३ बर्षीया सुन्तली बिक, सोही ठाँउ निवासी १३ बर्षीया सपना सुनार, सोही ठाँउकै ५५ बर्षीया बशन्ती विक , सोही ठाँउकै १८ बर्षीया सरीता विक, सोही ठाँउकै ७ बर्षीय विकास बिक घाईते भएको प्रहरीले बताएको छ ।

त्यस्तै उक्त दुर्घटनामा परि त्रिपुर ११ निवासी ३३ बर्षीया दना केसी,मोटरसाईकल चालक तुलसीपुर ६ निवासी ४५ बर्षीय विक्रमवहादुर हमाल सामान्य घाईते रहेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए ।

मंगलवार दिउँसो तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हायसले एउटै दिशातर्फ जाँदै गरेको रा ३ प २ नम्मरको मोटरसाईकलले वाटो काट्न खोज्दा त्यसलाई जोगाउने क्रममा हायस पल्टिन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए ।

मंगलवार बेलुका चार बजेतिर विजौरी ५ मैरहवा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि हायसमा सवार १४ जना र मोटरसाईलकमा सवाल थप दुई जना गरि कुल १६ जना घाईते भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए ।

चारजनालाई थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको भएपनि अन्य सबै घाईतेको यो खवर तयार पार्दा सम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । मंगलवार विहान तुलसीपुर १२ गरिगाँउमा भएको वस दुर्घटनामा ६ जना यात्रु घाईते भएका थिए । तुलसीपुर अनलाइनबाट साभार

दाङमा यात्रुबाहक बस पल्टियो, छ जना घाईते

हेमराज डिसी/मङ्सिर १४, दाङ । तुलसीपुर सितलपुर सडक खण्डको टरिगाँउमा मंगलवार विहान एउटा वस दुर्घटना हुँदा छ जना यात्रु घाईते भएका छन् ।


घाईते अन्यको अवस्था सामान्य रहेपनि तुलसीपुर १२ हरिपौरी निवासी १७ बर्षीया सृष्टि चौधरी र सोही ठाँउ निवासी १७ वर्षकै सुनिता चौधरीलाई भने बढी चोट लागेको छ ।

त्यसमध्ये पनि सृष्टिलाई ढाड र छातिमा भित्रि चोट रहेको तर सुनिताको खुट्टामा चोट रहेपनि अवस्था सामान्य नै मान्न सकिने ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए ।

उनीहरु दुबै जनाको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । विहान तुलसीपुवाट दमारगाँउ जाँदै गरेको रा १ ख ५५३ नम्वरको मिनिवस तुलसीपुर १२ टरिगाँउमा पल्टिएको थियो ।

जस्पुर प्रहरी चौकीका प्रमुख नयराम कार्कीले सवा मंगलवार विहान सवा १० बजेतिर एकै दिशावाटै दक्षिणतर्फ जाँदै गरेको गाडिलाई उछिन्ने क्रममा वस पल्टिन पुगेको जानकारी दिए । तुलसीपुर अनलाईनबाट

देखाउन नहुने देखाइन यी युवतीले, यतिसम्म तल पारेर नेपालमै बनाइए अश्लिल भिडियो

नेपालमा अहिले नेपाली सर्ट फिल्मको नाममा बिक्रती बढ्दै गएको छ । अहिले युट्युबबाट पैसा कमाउने नाममा विभिन्न अश्लिल भिडियोहरु युटुयुबमा अपलोड हुन थालेका छन् ।

यस्ता फिल्मले नेपाली संस्कृतीलाई बिगार्ने भत्काउने मात्र हैन मानिसको मानसपटलमा नकारात्मक असर पनि पर्ने जानकारहरु बताउछन् । यो भिडियोमा त्यस्तो सकारात्मक संदेश दिने खालको देखिदैन ।

यसमा लभ परेको र अमेरिकाको भिषा क्यान्सिल भएकै कारण केटिको आमाबुबसंग भन्न नसकेको र उसको केटा साथीसंग सम्बन्ध टुटेको देखिएको छ । त्यसपछि फोनबाटै नयाँ केटासंग सम्पर्क हुन्छ र एउटा रेस्टुरेन्टमा भेट हुन्छ ।

उनीहरु त्यहाँ मज्जासंग ड्रिंक गर्छन । तर केटाले बेहोस बनाउने औषधि केटीको रक्सीमा राख्दिन्छ र उसलाई कोठामा लिएर बलत्कार गरेर केटा फरार हुन्छ ।

केटि लास्टमा होसमा आएपछि पछुताउने गरेको देखाएको छ । त्यसैले सबैको विश्वास चाडै नगरौ । आबेगमा आएर नशालु पदार्थ सेबन नगरौ । आफु पनिं बचौ अरुलाई नि बचाउ ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मंसिर १३, दाङ । मोटरसाइकल दुर्घटना हुँदा नेपाल ग्रामीण विकास बैंक इलाका कार्यालय तुलसीपुर दाङमा कार्यरत तर्कबहादुर वलीको ज्यान गएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दाङ फूलबारी निवासी तर्कबहादुरको उपचारका क्रममा सोमबार बिहान ज्यान गएको हो ।

गएको बिहीबार दिउँसो तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गर्दा बाँकेको बाघखोर नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । उनको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको हो ।

तर्कबहादुर आफैले चलाएको भे ४ प ६३८२ नम्बरको मोटरसाइकल दुर्घटनापछि उनी अचेत अवस्थामा फेला परेका थिए ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger